३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

युवा संघ नेपाल कपिलवस्तुद्धारा १० स्थानीय निकायमा इन्चार्ज चयन



सीताराम चौधरी, चन्द्रौटा, ३१ भदौ ।
युवा संघ नेपालको नियमित बैठक कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष गणेश के.सी.का अध्यक्षता र एमाले जिल्ला पार्टी अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाका दश स्थानीय निकायमा इन्चार्ज तोकेको छ ।

बैठकले वाणगंगा नगरपालिकाको इन्चार्जमा जयलाल गिरीलाई तोकेको छ । यस्तै कपिलवस्तु नगरपालिकामा अब्दुल कलाम डफाली, शिवराज नगरपालिकामा कृष्ण कार्की, बुद्धभूमि नगरपालिकाको इन्चार्जमा सन्तोष श्रेष्ठ तथा कृष्णनगर र महराजगंज नगरपालिकामा गणेश के.सी.लाई चयन गरेको छ ।
यसैगरी विजयनगर गाउँपालिकामा कृपाल चौधरी, यशोधरा गाउँपालिकामा ध्रुव भुसाल तथा मायादेवी र सुद्धोदन गाउँपालिकामा श्याम सुवेदीलाई चयन गरेको छ ।

यसका साथै युवासंघको बैठकले यही असोज ७ गते जिल्लाको ४ नम्बरमा प्रशिक्षण तथा दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गरिने निर्णय गरेको जिल्ला अध्यक्ष गणेश के.सी.ले जानकारी दिए ।

बैठकमा पार्टी उपाध्यक्ष एवं मोर्चा इन्चार्ज बाबुराम खनाल, केन्द्रिय स्कूल विभाग सदस्य बिमला घिमिरे, युवा संघ नेपाल केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज टोपलाल पोख्रेल, पार्टी सचिवालय सदस्य एवं युवा इन्चार्ज चक्रपाणी अर्याल लगायतले जिल्लाका हरेक स्थानीय निकायमा एमालेको पकड बलियो बनाउन विशेष गरी युवा संघ अग्रसर हुनुपर्ने जोड दिएका थिए । साथै वक्ताहरुले मुखैमा आएको हिन्दूहरुको महान पर्व विजयादशमी तथा शुभदीपावलीको शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७४ शनिबार ००:००  ११ : १३ बजे