१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

२ नम्वर प्रदेशमा पनि एमाले नै पहिलो हुने सांसद थारुको दावि



कपिलवस्तु, १ असोज ।
बाराका विभिन्न स्थानीय तहको चुनावी अभियानमा सहभागि हुनु भएका एमालेका सांसद विश्राम प्रसाद थारुले २ नम्वरमा एमाले पहिलो शक्ति वन्नवाट कसैले रोक्न नसक्ने वताउनु भएकोछ ।

वाराका थारु वाहुल्य क्षेत्रमा सांसद एवम एमाले कपिलवस्तुकानेता विश्राम प्रसाद थारुले मौन अवधी पूर्वको चुनावी अभियानमा नेतृत्व गरेर फर्कनु पूवृ त्यस्तो वताउनु भएको हो ।

सांसद थारु वाराका करैयामाई र वारगढी गाउपालिकाको चुनावी अभियानमा सरिक भएर एमाले उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्दै भोट माग्नु भएको थियो । उहाले करैयामाई गाउपालिकाका प्रमुख पदका उम्मेदवार मोतिलाल चौधरी र उपप्रमुख उम्मेदवार सूर्यामति देवि रामलाई अत्याधिक मतका साथ जिताउन आवहान गर्दै घरदैलोमा सहभागि भएको सोही अभियानमा संलग्न यूवासंघ नेपालका केन्द्रिय विभाग सदस्य भेषराज आचार्यले जानकारी दिनु भयो ।

त्यसैगरी बारगढी गाउँपालिकामा प्रमुख पदका उम्मेदवार सिताराम चौधरी र उपप्रमुख पदका उम्मेदवार धनमाया चौधरीका साथमा घरदैलो अभियानमा समेत सहभागि हुनुभयो । वाराको ती स्थानमा स्थानीय सांसद एवम एमाले नेता वलविर चौधरीले नेतृत्व गर्दै आउनु भएकोमा सांसद थारु समेत त्यहा खटाइनु भएको हो ।

मौन अवधी शुरु हुनुपूर्वको कोल्वी नगरपालिकामा अन्तिम चुनावी जनसभामा शुक्रवार वोल्दै सांसद थारुले एमाले संग लड्न एमाले इतरका सबै शक्ति मिल्ने स्थिती आउनु एमालेका लागि गर्वको विषय भएको वताउनुभयो । उहाले विरालाका विरुद्ध मुसाहरुको मोर्चा बन्दीमा मुसाको जीत कहिल्यै नहुने ठोकुवा गर्नु भयो । थारुलाई एमाले प्रदेश नं २ को माग अनुसार पार्टी केन्द्रले वारामा खटाएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  १२ : ५४ बजे