१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बालबालिकाको क्षेत्रमा संवेदनशिल भएर समाचार दिऔँ -अध्यक्ष भुसाल



मायादेवी अनलाइन, कपिलवस्तु १ असोज ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले बाल संवेदनशिलतालाई ध्यानमा राखि कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ । कुल जनसंख्याको ४९ प्रतिशत जनसंख्या बालबालिकाले ओगटेको भन्दै अध्यक्ष भुसालले बाल अधिकार हननका घटनामा पत्रकारले निगरानी गर्नुपर्ने बताउनुभयो ।

सेभ द चिड्रेन कपिलवस्तुको सहयोगमा नेपाल पत्रकार महासंघको सहकार्यमा शनिबार गोरुसिङ्गेमा भएको बाल संवेदनशिल पत्रकार अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले यस्तो बताउनुभएको हो ।

जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको उक्त अभिमुखीकरण कार्यक्रममा सेभ द चिड्र्नकि रुपा गौतमले सञ्चार माध्यमले समाचार प्रशारण, प्रकाशन गर्दा बाल बालिकाको सवालमा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिनुभएको थियो ।

सेभ द चिड्र्नकि कपिलवस्तु कोर्डिनेटर नरमाया थापाले सन २००९ देखि अहिले सम्म कपिलवस्तुमा संस्थाले गरेको कामको बारेमा जानकारी दिनुभएको थियो । लामो समय देखि सेभले जिल्लामा रहि शिक्षा, स्वास्थ्य र बालकालिकाको सवालमा गरेको कामको बारेमा उहाँले जानकारी दिनुभएको थियो ।

यस्तै संस्थाकि नरमाया सुनारले बाल अधिकार र यसका मुख्य सिद्धान्तको बारेमा पत्रकार समक्ष जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सभापति भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखाका सचिव हरी अधिकारीले गर्नुभएको थियो ।

सन २००९ देखि सेभ द चिड्र्नले कपिलवस्तुका साविक ४३ गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रथम विश्व युद्ध पश्चात गठन भएको अन्तराष्ट्रिय गैरसकारी संस्था सेभ द चिड्र्ेनले विशेष गरि गर्भवस्था देखि १८ बर्ष मुनिका बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  १२ : ५९ बजे