१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

छुट्टा छुट्टै घटनामा २ जनाको मृत्यु



कोपिला पोख्रेल, कपिलवस्तु, १ असोज । 

कपिलवस्तुमा भएका दुई छुट्टा छुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नंम्बर ४ झुंगामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ बर्षिय बिथैया चौधरीको ज्यान गएको छ ।  दुई फेसको लाइनबाट तार ल्याएर कुलोमा माछा मार्दा चौधरीलाई करेन्ट लागेको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु काकीले जानकारी दिनुभएको छ ।
यसै गरि जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. २, गोरुसिंगेमा भारतीय नम्वरको ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । स्थानीय बर्ष ५५ का भक्तिराम चौधरीको उक्त ट्रकले ठक्कर दिदा मृत्यु भएको हो ।
पुर्वपश्चिम लोकमार्ग अन्तर्रगत गोरुसिंगेमा युपि ६४ एटि ०४८६ नम्बरको भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिदा घाइते भएका थिए ।
चौधरीलाई तत्काल उद्धार गरि अस्पताल लग्दै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । गाडि नियन्त्रणमा लिइएको भएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  ३ : १३ बजे