१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जिसस गुल्मीका लेखापाल माथि कालोमोसो !



गुल्मी, २ असोज ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषद् (जनसरकार) गुल्मीले जिल्ला समन्वयन समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई कालोमोसो दलेको छ । आइतबार ५ बजेको समयमा सबै कर्मचारी बाहिर निस्किसकेको अवस्था पारेर भण्डारीलाई कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले जानकारी दिनुभयो ।

कार्यालयको कोठाबाट निस्कदै गर्दा मुखमा मास्क लगाएर आएका आफूलाई विप्लपको कार्यकर्ता बताउने तीन चार जनाको नचिनेको समूहले कालोमोसो दलेर भागेको पीडित भण्डारीले बताउनुभएको छ ।

उनीहरुले भण्डारीलाई कार्यालय प्रमुखलाई प्रभावमा पारी जिल्ला सम्मन्वय समितिको श्रोत र साधनमाथि अनियमितता गरेको, योजनाको रकम भुक्तानी गर्दा उपभोक्ताहरुसँग कमिशन मागेको, परिवारको नाममा फर्म दर्ता गरेर जिसस अन्तर्गतका ठेक्काहरुबाट कमिशन खाने गरेको, कर्मचारीहरुको सञ्चयकोषको रकम दुरुपयोग गरेकोलगायतका आरोप लगाएका छन् ।

कालोमोसो दलेपछि उनीहरुले कार्यालयमा पर्चा छाडेर भागेको प्रहरीले जनाएको छ । घटनापछि आइतबार बेलुका नै जिल्ला सम्मन्वय समिति गुल्मीले एक विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ । कालोमोसो दलेर फरार भएका व्यक्तिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : ३३ बजे