८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माओवादी केन्द्रका पक्षमा जनलहर : नेता बलदेव



कपिलवस्तु, २ असोज ।
नेकपा माओवादी केन्द्रका नेता चन्द्रप्रकास खनाल बलदेवले सिंगो मधेशमा माओवादीको पक्षमा जनलहर देखापरेकाले कपिलवस्तु पनि सोहि दिशाामा अघि बढेको दाबी गर्नु भएको छ । यहि अषोज ५ गते पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड कृष्णनगर आउने कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता खनालले त्यस्तो बताउनु भएको हो ।

कृष्णनगरमा हुने विशााल जनसभालाई सम्बोधन गर्नका साथै माओवादी प्रवेश गर्ने सयौ नवप्रवेशीलाई प्रचण्डले टिका लगाउने उहाले जानकारी दिनु भयो । नेता खनालले कपिलवस्तु आफैमा राष्ट्रिय रुपमै महत्वपूर्ण भएर पनि सधै ओझेलमा परेको प्रष्ट्याउदै अब त्यसको क्षतीपूर्ती लिन प्रदेशको राजधानी बनाउनु पर्ने बताउनुभयो ।

नेता खनालले आफु कपिलवस्तुमा रहेर दुई दशक बढि राजनिति गरेपनि यहाका जनतालाई सहिकुरा बुझाउन नसकिएको स्विकार्दै अब भने जनतामा माओवादी प्रति सहि बुझाई हुदै गएको औल्याउनु भयो । उहाले मधेशका मुद्धामा माओवादी सधै अग्रगामी सोच राख्दै आएकाले यतिबेला मधेशमा माओवादी प्रति प्रभावित हुदै प्रवेश गर्ने हरुका कारण राजनितीमा तरङग पैदा भएको तर्क गर्नु भयो ।

कृष्णनगरको हम्बल होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गिरिधारिलाल न्यौपाने, कमल चुदाली, माओवादीका जिल्ला ईन्चार्ज भानुप्रकाश श्रेष्ठ, सह ईन्चार्ज रुद्र बन्जाडे लगाएतको उपस्थिती थियो ।

कार्यक्रमको सहजीकरण केन्द्रका नेता राधेश्याम न्यौपानेले गर्नु भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुषाल, पूर्व अध्यक्ष भेषराज पाण्डे लगाएत करिव दुई दर्जन पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : ४३ बजे