१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माओवादी केन्द्रसँग पार्टी एकता सम्भव छैन – वैद्य



चितवन, २ असोज (रासस) ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताउनुभयो ।
प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उहाँले बाटो बिराएको वैद्यको भनाइ थियो ।
बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उहाँले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताउनुभयो ।
कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उहाँले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने उहाँले बताउनुभयो ।
जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उहाँले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्य्दिशा तय गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  ७ : ४६ बजे