१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

२७ वर्ष पछि रामकुमार टोलमा बाटो, स्थानीयलाई कम्ता हर्ष छैन् !



चुरामणि अर्याल, कपिलवस्तु, २ असोज ।
बस्ती बसेको २७ वर्ष पछि घर अगाडी बाटो पुग्दा स्थानिय हर्षित भएका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा न.९ पडरियाको सुकुम्बासी बस्ती (रामकुमार टोल) मा दिप ज्योति युवा क्लवले २७ वर्ष पछि बाटो निर्माण गरिदिदा स्थानिय बासिन्दा हर्षित भएका हुन् ।
क्लवको आर्थिक लगानी तथा नेतृत्वमा करिब तिन सय मिटर बाटो निर्माण कार्य सम्पन्न गरिएको क्लवका अध्यक्ष चुरामणि अर्यालले जानकारी दिए ।

करिब २५ घर परिवार रहेको यो बस्तीमा सबैको घर अगाढी बाटो पुग्दा स्थानिय बासिन्दाहरुमा खुसिको सिमा नै छैन् । स्थानिय विद्यालयजाने सडक देखि बस्तीको पुछरसम्म ६ मिटर फराकिलो सडक जे.सि.वी.प्रयोग गरी निर्माण गरीएको अर्यालले बताए ।

स्थानिय यम बहादुर खडका भन्छन्–“ २७ वर्ष खेतको आलीमा हिड्दाको पिडा आज बाटो खुल्दा बिर्सेका छौँ । उनि भन्छन् – “सुकुम्बासी हुनुको पिडा भन्दा सडक नहुको पिडा ठुलो हुदो रहेछ ।” बाटो नहुदा यहाँका स्थानियले धेरै दुख पाएका थिए । बिरामी हुँदा समेत समयमै उपचार गर्न नपाएको पिडा स्थानियमा थियो ।

उमाथापा भन्छीन्–“घरमा विरामी बोक्ने पुरुष नहुदा, सडकका कारण एम्बुलेन्स आउन नसक्दाका पिडा धेरै छन् ।” वि.स.२०५७ सालदेखि निरन्तर समाजिक कार्य गर्दै आएको यस क्लवले एतिहासिक धार्मिक स्थल द्धाय रामकुमार थान र रामदतीवन जलेश्वर धाम जाने करिब दुई सय मिटर बाटो मर्मत गरेको छ ।

निरन्तर सामाजिक कार्य गर्दै परिवर्तनको संम्वाहकको रुपमा क्लवलाई अगाढी बढाउदै लैजाने योजना रहेको सचिव गिर बहादुर बोहोराले जानकारी दिए ।

 

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १२ : १५ बजे