८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा ६ लाख भारतीय रुपैंया सहित एकजना पक्राऊ



साबित्रा पौडेल, कपिलवस्तु २ असोज ।

६ लाख भारतिय रुपैंया सहित कपिलवस्तुमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । कृष्णनगर प्रहरी कार्यालयले आईतबार राती भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा झोलामा राखि ल्याएको ६ लाख भारतिय रुपैयां सहित जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ चोरपुरा बस्ने सलिन मियां लाई पक्राऊ गरेको हो ।

लुकाएर ल्याएको रकम स्पष्ट श्रोत नखुले पछि थप अनुसन्धानका लागि आज राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  ४ : ०८ बजे