३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बर्षौ देखिको प्रयास सार्थकतामा परिणत, जीतपुर चार नम्बरमा घुम्ती शौचालय सञ्चानल



मायादेवी अनलाइन, कपिलबस्तु, ४ असोज ।
कपिलवस्तुको मुख्य व्यापारिक केन्द्र चारनम्बर चोकमा वर्षौदेखी सार्वजनिक शौचालय नहुँदा समस्या भोगेका यात्रु तथा सर्वसाधारणलाई अव भने सजिलो भएको छ ।

बाणगंगा स्थित भुपु सैनिक खानेपानी तथा सरसफाइ समिति र वाणगंगा नगरपालीकाको झन्डै ११ लाख रकममा घुम्ती शौचालय स्थापना भएसँगै सजिलो भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत वाणगंगा नगरपालिकाको चारनम्बर बजार व्यापारिक केन्द्र बन्दै गएको र सामाजिक सेवाको उद्देश्यले यात्रुलाई लक्षित गरेर घुम्ति शौचालय संचालन गरिएको भुपु शैनिक खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताउनुभयो ।

घुम्ति शौचालयमा एकपटकमा ४ जनाले शौच गर्नसक्ने क्षमता छ । शौचालयको बाणगंगा नगरपालीकाका प्रमुख मंगल प्रसाद थारुले एक समारोहका विच उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ३५ बजे