१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल मगर महिला संघको ३० औ स्थापना दिबस मनाईयो



अबिनाश बेल्बासे, कपिलबस्तु, ४ असोज ।
नेपाल मगर महिला सघँको २० औँ स्थापना दिवस कपिलबस्तुमा पनि भव्यताका साथ मनाईएको छ । जिल्लाको बाणगंगा नगरपालिका स्थित नेपाल मगर संघको भबन बोर्डगाँउमा सम्पन्न कार्यक्रमको सम्पुर्ण मगर महिलाको अभियान, पहिचान र अधिकार सहितको मगरात स्वायत्त लागि हाम्रो पहिचान भन्ने मुल नारा रहेको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ३ बाट स्थानिय चुनावमा सदस्य पदमा निर्बाचित कुल बहादुर सोमै मगर, वडा नं. १० बाट महिला सदस्य पदमा निर्वाचित दिल कुमारी थापा मगर र संस्थापक सदस्य खुम माया थापा मगरलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य एवं निबर्तमान जिल्ला अध्यक्ष धन बहादुर पुनले नेपालमा अझै पनि सामन्तवाद बाकि रहेको बताउनुभयो । उहाले यो संबिधानले आदीबासी जनजातीहरुको अधिकार सुनिश्चितता गर्न नसकेको आरोप लगाउनुभयो ।

त्यसैगरी कार्यक्रममा बिशिष्ठ अतिथि आदीबासी जनजाती महासंघका कपिलबस्तु जिल्ला अध्यक्ष बिमल थारुले देश भरिमा २२ लाख जनसँख्या रहेको मगर समुदाय जनसंख्याको हिसाबले पनि देशकै तेस्रो स्थानमा पर्ने समुदाय, जनजाती र उत्पिडित बर्गको पक्षमा यो संबिधान निर्माण हुन नसकेकोमा आपत्ति जनाउनुभयो ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष तुल बहादुर शुर्यवंशी, गुनि गाँहा, मगर संघ केन्द्रिय पार्शद सदस्य चोपलाल रावल, मगर संघ पुर्ब अध्यक्ष बल बहादुर थापा मगर बौद्ध सेवा समाज केन्द्रिय सल्लाहकार अम्मर बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल मगर महिला सँघ जिल्ला कार्य समितिको आयोजना, बिष्णु रानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन उमा राष्कोटीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ५१ बजे