४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

कपिलवस्तुका ट्राफिक प्रहरी प्रशिक्षण अभियानमा



इमरान खान, कपिलवस्तु, ४ असोज ।
कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि (ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा बढी नेपाली तथा भारयीय नम्बर प्लेटका ट्रक तथा ट्रिपर चालकहहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले आफ्नै हाताभित्र आधा घण्टे प्रशिक्षण दिएका छन ।
प्रशिक्षणमा ओभरलोड बोक्दा हुन सक्ने दुर्घटना, त्यस्ता सवारी साधनबाट अन्य सडक प्रयोगकर्तालाई पु¥याउने असर, सडकमा हुने हानि नोक्सानि तथा ओभरलोड सम्बन्धमा प्रचलित कानूनका बारेमा स्पष्ट गरिएको थियो ।
चालकहरुसंग नै ट्राफिक प्रहरीको पहिलो भेट हुने हुँदा ट्राफिक प्रहरीले भनेका यथार्थ कुरा आफ्ना साहु तथा सम्बन्धित व्यबसायीहरुलाई अक्षरस जानकारी गराई ट्राफिक प्रहरीको काम कारवाहीमा सहयोग गर्न ट्राफिक प्रहरीले चालकहरुलाई अनुरोध गरेको छ ।
प्रशिक्षणमा सहभागी चालकहरुले ट्राफिक प्रहरीले ओभरलोड तथा भवरलोड नियन्त्रण गर्न गरेको प्रयास सकारात्मक रहेकोले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने जनाए । उतm प्रशिक्षणका बारेमा जिल्ला ट्राफिक प्रहारी कार्यलय गोरिसिगेंका प्रहरी निरिक्षक अमर बहादुर कार्कीले बताउनु भयो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  २ : ४१ बजे