७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

शिवराज नगरको बजेट ७० करोड ७ लाख विनियोजन, विभिन्न क्षेत्रका व्यक्ति सम्मानित



अराज सिंह बेल्वासे, कपिलवस्तु, ५ असोज ।
कपिलवस्तुको शिवराज नगरपालिकाको प्रथम नगरसभाले बजेट विनियोजन गरेको छ । नगर प्रमुख प्रमुख नेत्रराज अधिकारीले आ.व २०७४।७५ को लागि ७० करोड ७ लाख वरावरको वजेट प्रस्तुत गर्नुभएको हो । जसमा आय तर्फ अनुमानित आन्तरिक राजस्ववाट ३ करोड, मौज्दात तथा अन्य आय वाट ३ करोड २ लाख, आन्तरिक स्रोत वाट ६ करोड २ लाख, नेपाल सरकारवाट प्राप्त हुने वित्तिय अनुदान ३४ करोड ७६ लाख ३ हजार, नेपाल सरकार वाट प्राप्त हुने सर्शत अनुदान १५ करोड ३८ लाख ९७ हजार, सामाजिक सुरक्षा अनुदानवाट १२ करोड र वाह्य स्रोतवाट ६४ करोड ५ लाख वरावर आय अनुमानित आए प्रस्तुत गरिएको छ ।

यस आर्थिक वर्षमा नगरपालिका लाई समृद्धि, सेवा प्रवाहमा उत्कृट वनाउन उद्देश्यका साथ कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतलाई विशेष प्रथमिकतामा राखिएको नगर प्रमुख अधिकारीले वताउनुभयो । यसै गरि नगरपालिकाले हरेक वर्ष नगभित्रका उत्कृष्ट करदाता, जेष्ठ नागरिक, कर्मचारी, पत्रकार, विद्यार्थी, योजना वर्ष, साहित्य कला संस्कृति सम्मान गरि हौसला प्रदान गरिने नगर प्रमुख अधिकारीले वताउनुभयो । शिवराज नगरपालिकाले यहि वर्ष भित्र खुल्ला दिशा मुक्तक्षेत्र घोषण गर्ने जनाउनु भएको छ ।

ऐतिहासिक र पर्यटकीय क्षेत्र रहेको शिवराज नगरपालिकामा पुर्वाधार तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख अधिकारी बताउनुभयो । नगर क्षेत्र भित्र रहेका सडकहरुको ब्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात संजालको बिस्तार गरिने जनाइएको छ ।

कार्यक्रमवाट उत्कृट करदाता, जेष्ठ नागरिक, कर्मचारी, पत्रकार, विद्यार्थि, योजना वर्ष, साहित्य कला संस्कृति सम्मान गरिएको छ । शिवराज नगरपालिकामा पत्रकारीता क्षेत्रवाट सहयोग गरेको भन्दै विकास पत्रकारिता २०७४ पत्रकार चिन्ता परियार र गिता पौडेललाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  २ : ०७ बजे