६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बाढीका कारण गुल्मिमा सय रोपनी धानखेत बगरमा परिणत



शिवलाल सुवेदी, गुल्मी ८ असोज ।
वाढीका कारण प्रत्येक बर्ष गुल्मीमा करोडौको क्षती हुने गरेको छ । यस बर्ष पनि लगातारको बर्षासगै आएको वाढीले जिल्लामा आठ सयभन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ ।

असार,साउन र भदौ महिनामा आएको वाढीले जिल्लाका कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहा लगायतका खोला किनारमा रहेका ८ सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढिले नष्ट गरेको हो ।

बडिगाढ खोलामा आएको बाढीले जिल्लामा सबैभन्दा धेरै धानवाली सहितको खेतमा क्षति पु¥याएको छ ।
जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीका अनुसार जिल्लाभर बाढी र पहिरोले ८ सय २० रोपनीभन्दा बढी धान खेतमा क्षति पु¥याएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  १ : ३७ बजे