८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

देवी ज्ञवाली भन्छन्, नेका र माकेले “माङ्ग्रेस” पार्टी बनाउनु पर्छ



दिपक अनुरागी, कपिलवस्तु, ८ असोज ।
नेकपा एमालेका नेता देवी ज्ञवालीले मुलुक दुई राजनीतिक धुव्रमा अगाडी बढेको बताएका छन् । ‘मुलुक दुई राजनीतिक धुव्रमा अगाडी बढेको छ, ‘नेता ज्ञवालीले भने, ‘जसमा राष्ट्रबादी, क्रान्तिकारी, प्रगतिशिलको नेतृत्व एमालेले गरेको छ, दक्षिणीपंथी, लम्पसारबादी र आत्मसर्पणबादीको नेतृत्व नेपाली कांग्रेसले गरेको छ ।’
नेकपा एमाले मोर्चा संगठन कपिलवस्तुले शनिबार जीतपुर चारनम्बरमा राखेको प्रशिक्षण कार्यकर्तामा बोल्दै नेता ज्ञवालीले कांग्रेस र माओबादी केन्द्रलाई छ्ट्टिै पार्टी एकता गर्न सुझाव दिए । पार्टीका सिद्धान्त, मूल्यमान्यता बेचेर जनता विच भ्रमको खेती गर्नु भन्दा पार्टी एकता गर्न कांग्रेस माओबादीलाई चेतावनी दिदै उनले भने, “मांग्रेस नामको पार्टी बनाउ । ”
स्थानीयतह पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेद्वार बनेर राष्ट्रिय चर्चा बुटुलेका नेता ज्ञवालीले राज्यले राज्य शक्तिको दुरुपयोग गरेर आफुलाई हराएको दाबी गरे । “मैले चुनाव जितेको हो तर मलाई हराउन सिंगो राज्य लाग्यो उनले भने, ‘देवी ज्ञवाली मतगणनामा शुरु देखि नै पछाडी परेन शेर बहादुर र प्रचण्डलाई बसि नसक्नु भएपछि तत्काल बालुवाटारमा न्यायधिसको साथमा बैठक बसेर मत च्यात्ने निर्देशन दिएर मलाई हराइएको हो ।”
तीन घण्टा भन्दा लामो भाषण गरेका उनले आफु चुनाव हारेर पनि जनताको विचमा लोकप्रिय भएको बताए । मेयर रेणु दाहाल तर्फ इङ्कित गर्दै नेता ज्ञवालीले भने, “मेयर हस्ताक्षर गर्न मात्र जितेर हुदैन, इज्जत पनि पाउनुपर्छ ।”
रेणु दाहालले चुनाव जितेपनि जनताले भेट्दा साथ मत च्यातेर, राज्य शक्तिको दुरुपयोग गर्ने मेयर भन्ने गरेको उनले सुनाए । आगामि दिनमा हुन लागेका दुई चरणका निर्वाचनमा एमाले पहिलो पार्टी हुने उनले जनाए । कतिपय ठाउँमा एमालेले एमालेलाई नै भोट नदिएको कारण पार्टीले हार व्यहोर्नु गरेको उनको दाबी थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  १ : ४२ बजे