७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राजपालाई धक्का, केन्द्रिय सह-महासचिव वेग एमाले प्रवेश



दिपक अनुरागी, कपिलवस्तु, ८ असोज ।
राजपा नेपालका सहमहासचिव मिर्जा अरसर्द वेग नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ३ निवासी वेग सहित राजपाका केन्द्रिय सल्लाहकार मुस्ताफ अहमद खाँ र एनआरएन चिनका सदस्य मिर्जा रासिद वेग एमालेमा प्रवेश गर्नुभएको हो ।
एमालेको केन्द्रिय कार्यालयमा आइतबार उहाँ तीनै जनालाई एमाले अध्यक्ष केपि शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपालले खादा ओढाई पार्टीमा प्रवेश गराउनुभएको काठमाण्डौबाट एमाले कृष्णनगरका नेता लक्ष्मण भुसालले जानकारी दिनुभएको छ ।
कृष्णनगरका लोकप्रिय यूवा नेताको रुपमा चिनिनुभएका वेगको एमाले आवगमन संगै जिल्लाको राजनीतिले छुट्टै चर्चा बोटुलेको छ । तत्कालिन समय सद्भावना पार्टीको केन्द्रिय सचिव समेत रहनुभएका नेता वेग गत दोस्रो संबिधानसभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ५ बाट सभासदको उम्मेद्वार बन्नुभएको थियो ।
बेगले पार्टीको संगठन बलियो नहँुदा पनि पाच हजार भन्दा बढी मत ल्याउनुभएको थियो । एमाले प्रवेश पछि प्रतिक्रिया दिदै नेता वेगले राजपाले मधेसी जनतालाई धोका दिएको बताउनुभयो । स्थानीय तहको पहिलो र दोस्रो चुनावमा भाग लिन पटक पटक आग्रह गर्दा पनि विरोधमा उत्रिएको पार्टीले अहिले एका एक दुई नम्बर प्रदेशमा भाग लिएर यहाँका जनतालाई ठुलो धोका दिएको बताउनुभयो ।
राजपाले पहिलो र दोस्रो निर्वाचनमा भाग लिएर जनतालाई गम्भिर धोका दिएर अहिले दुई नम्बरका जनतालाई मात्र आफ्नो मान्छे ठानेको कारण आफुले पार्टी छाडेको स्पष्ट पार्नुभयो ।
साथै उहाँले एमालेलाई मधेस विरोधी भनेर आरोप लाग्ने गरे पनि एमालेले जति मधेसको विकास कुनै पार्टीले नगरेको जिकिर गर्नुभयो । बजेट मार्फत तराईको विकासमा एमाले कति सकारात्मक छ भन्ने पुष्टि भएको भन्दै उहाँले कुरा गरेर भन्दा काम गरेर देखाउन राजपालाई चुनौती दिनुभयो । इतिहासमै सबैभन्दा बढी वजेट एमालेले तराईमा हालेर विकासको आखाँ खोलिदिएको भन्दै एमाले पार्टी आफुको रोजाई बन्न पुगेको बताउनुभयो ।

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  २ : ५२ बजे