१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022

कांग्रेस सासंद भण्डारी लोकप्रिय बन्ने प्रयास, सीमान्तकृत बस्तीमा ३ सय घर निर्माण गर्ने उद्घोष



गुल्मी, ९ असोज ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गर्नुभएको छ ।
सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गर्नुभएको हो ।
गुल्मी क्षेत्र नं २ का सांसद समेत रहनुभएका नेता भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार, मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीको यो दशैँको उपहार स्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताउनुभयो ।
उहाँले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३ सय घर निर्माणको कार्य अगाडि बढेको जानकारी दिनुभयो ।
नेता भण्डारीले अहिलेको बडादशैँ बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायसँग बसेर मनाउने पनि बताउनुभएकोछ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : २७ बजे