१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मिचाह प्रजातिबाट मल बनाउँदै समुदाय



नवलपरासी, ९ असोज ।
नवलपरासीका सामुदायिक वनका उपभोक्ताले मिचाह प्रजातिका वनस्पतिबाट बायोचार (मल) बनाउने भएका छन् ।

कावासोती क्षेत्रका पाँच सामुदायिक वनमा डार्विन इनिसियटिभको सहयोगमा फेरेष्ट एक्सन र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा बायोचार निर्माण गर्न लागिएको हो ।

वायोचारले वनस्पतिका लागि आवश्यक माटोको सुधार र उर्वराशक्ति वृद्धि गर्ने नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत रवीन्द्र ढकालले बताउनुभयो । “मिचाह वनस्पतिबाट आधुनिक मल वायोचार निर्माण गर्न सकिन्छ ।

मिचाह वनस्पतिलाई पोलेर अँगार (कोइला) निर्माण गरिन्छ र त्यसमा गहँुत मिसाएर वायोचार निर्माण गरिन्छ । वायोचार निर्माणको विभिन्न विधिमध्ये खाडल निर्माण गरेर त्यसमा वायोचार निर्माण गर्ने विधि अहिले सामुदायिक वनका उपभोक्तालाई सिकाइरहेको ढकालले बताउनुभयो ।

यसरी निर्माण भएको वायोचारलाई कृषकले सोझै बारीमा प्रयोग गर्न सक्छन् । वायोचार प्रयोग गर्नु पूर्व र गरिसकेपछि माटोको स्वास्थ्य र उर्वरा शक्तिको जाँच गरिने फरेस्ट एक्सनका लीलानाथ शर्माले बताउनुभयो ।

 

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : ३४ बजे