६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

प्रदेश स्तरीय टी–ट्वान्टी च्याम्पियन्सिप पाल्पामा हुने



पाल्पा, १० असोज ।
पाल्पामा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । दमकडा क्रिकेट क्लब तानसेन– ९ पाल्पाको आयोजनामा ५ नम्बर प्रदेशस्तरीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो । जिल्लामा पहिलोपटक यही असोज १६ गतेबाट सुरु हुन लागेको प्रतियोगितामा ४ जिल्लाका १६ क्लबको सहभागिता रहनेछ । प्रतियोगितमा पाल्पा सहित, रुपन्देही, कपिलवस्तु र स्याङ्जाका टिम सहभागी हुने क्लबका अध्यक्ष आदित्य पाण्डेले बताए ।
प्रतियोगितामा प्रथम हुने ६० हजार तथा दोस्रो हुनेले ३० हजार नगदसहति कप, मेडल र प्रमाण पत्र पाउने छन् । तानसेनमा सोमबार पत्रकार सम्मेलन गरी आयोजकले सहभागी टिमको नाम सार्वजनिक गरेको छ ।
प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब, कपिलवस्तु, बुटवल युथ क्लब रुपन्देही, नयाँ गाउँ रोयल्स क्लब, न्यू होराइजन, जनज्योती युवा क्लब रुपन्देही, मालुङ्गा क्रिकेट क्लब स्याङ्जा, स्याङ्जा युनाइटेड क्लबको सहभागिता रहने छ ।
यस्तै प्रोफेसनल क्रिकेट क्लब, मिसन क्रिकेट क्लब, पाल्पाली क्रिकेट प्लेयर र दमकडा क्रिकेट क्लबको सहभागिता रहने निश्चित भएको छ । अन्य टिम छनोट खेलबाट छानिने खेल संयोजक पाण्डेले बताए । खेल असोज २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७४ मंगलबार ००:००  २ : ४१ बजे