१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एक लाख राशीको नवजरसिंहपौवा फुटबल प्रतियोगिताको फाइनल भोलि



काठमाडौं, असोज १० । नव जरसिंह पौवा युवा क्लबले आयोजना गरेको दोस्रो खुला फुटबल प्रतियोगिताको फाइन खेल बुधबार हुँदै छ । दिउँसो १ बजे काठमाडौं उपत्यकाको उत्तरपूर्वमा रहेको शंखरापुर नगरपालिकको जरसिंहपौवामा अन्तिम फाइन हुन लागेको हो ।

फाइनलमा शंखरापुरकै बोझिनी भञ्ज्याङ क्लब र ललितपुरको ललितपुर चिवाल क्लबबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाका २८ वटा टिम सहभागी भएको नवजरसिंह पौवा युवा क्लबका अध्यक्ष किरण तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेतालाई मेडलसहित एक लाख र उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । पुरस्कार खेलकुदमन्त्री राजन केसीले प्रदान गर्नुहुने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  १२ : ४४ बजे