७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दुधे गोल्डकप फुटवलको उपाधीका लागि एपिएफ र चर्च व्याइज युनियन खेल्दै



काठमाडौं, असोज ११ ।
झापामा चलिरहेको दुधे गोल्डकप फुटवलको उपाधीका लागि वुधबार एपिएफ क्लब झापा र चर्च व्याइज युनियन काठमाडौ खेल्दैछन् ।
खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । एपिएफले हिमालयन शेर्पालाई र चर्च व्वाइजले मोरङ ११ लाई हराएर फाइनल पुगेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्लेयर अफ ट टुर्नामेन्टले २५ हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  ७ : ३९ बजे