१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दशैँमा फलफूलको कारोबार बढ्यो



भुवन पाण्डे, बुटवल, १३ असोज ।
दशैँ शुरु भएसँगै बुटवलमा रहेको कृषि उपज थोक बजार केन्द्रबाट फलफुलको व्यापार ह्वात्तै बढेको छ ।
फलफूलको माग बढेपछि केन्द्रले अहिले चिन र भारतसहित नेपालका बिभिन्न जिल्लाबाट आयात बढाएको छ । दैनिक एक करोड बराबरको फलफुल कारोबार हुने केन्द्रबाट अहिले तीन करोडसम्मको कारोबार भैरहेको लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ बुटवलका अध्यक्ष केशव कुवँरले बताउनुभयो ।
थोक बजार केन्द्रले स्वदेशी उत्पादनलाई विशेष प्रथमिकता दिदै आएको छ । यद्यपि केन्द्रमा आउने फलफुलमध्ये ९० प्रतिशत बाहिरी देशबाट आउने गरेको छ । कालिमाटीपछिको दोस्रो ठूलो कृषि उपज थोक बजार केन्द्र बुटवलबाट काठमाडौँ, पोखरा, चीतवन लगायत पश्चिमका सबै जिल्लाहरुमा फलफुल आयात हुँदै आएको छ ।
केन्द्रमा अहिले स्याउ, केरा, मौसम, अंगुर, अनार, चाइनीज नसपाती र नरीवल बिक्रीका लागि राखिएको छ । पश्चिम नेपालको फलफुल र तरकारी संकलन गरी व्यवस्थीत तरिकाबाट आन्तरीक तथा बाह्य बजारमा पुर्याउने उद्धेश्यले खोलिएको केन्द्रमा अहिले ७५ जना व्यापारीहरुले थोक बजार सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  २ : ०१ बजे