१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तौलिहवाका अनाथ बालकहरुले लगाए दशैको टीका



कपिलवस्तु, १५ असोज ।
हरेक बर्ष जस्तै यस बर्षपनि तौलिहवा बालगृहका अनाथ बालकहरुलाई स्थानीय समाजसेवीले टीका लगाई दिएका छन् । बालगृहमा रहेका २० जना अनाथ बालकहरुलाई स्थानीय समाजसेवीले टीका लगाइदिएका हुन् ।

अनाथ रहेका यी बालकहरुलाई माया र ममताको आवश्यकता रहेको हुनाले बालगृहका उपाध्यक्ष सन्तराम अग्रहरी, लुम्बिनी विकास कोषका कार्यकारी राजेश ज्ञवाली, कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी कशौधन, पत्रकार बनारसी बर्मा, मधेश मानव अधिकार गृहका (माहुरी होम) का अध्यक्ष रबिन्द्र नाथ ठाकुर, बालगृहका शिक्षक शिक्षिकाले बालकहरुलाई टीका र जमरा लगाई फलफूल र दक्षिणाका साथै आर्शिवाद प्रदान गर्नु भएको थियो ।

२०५८ साल देखि नेपाल बाल संगठन कपिलबस्तु जिल्ला कार्य समितिले द्धन्द्धमा परेका बाल बालिकाका लागी आश्रयगृहका रुपमा स्थापना गरी २०५८ साल देखि नै बडादशैंको दिन यहाँ रहेका बालबालिका लाई टिका लगाउने प्रचलन जारी रहेको बालगृहका उपाध्यक्ष सन्तराम कशौधनले बताउनुभयो ।

हाल यस बाल गृहमा हाल २० जना अनाथ बालकहरु रहेका छन् भने सरकारले ५ बर्ष देखि केही सहयोग नगरेकोले उनीहरुको खाना लत्ता कपडा र पठन पाठनका लागि आर्थिक एवम् अन्य सहयोगको खाचो रहेको बाल गृहले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७४ आइतबार ००:००  ३ : १८ बजे