४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कपिलबस्तुका पथ्थरकट्टा समुदायलाई दशैको रौनकले छुन सकेन्



कपिलवस्तु, १५ असोज ।
विजया दशमीमा मुलुकभर खुशीयाली मनाईरहेका बेला सदरमुकाम तौलिहवा आनन्दवागका पथ्थरकट्टा समुदायलाई भने विजया दशमीको कुनै रौनकताले छुन सकेन । हरेक वर्ष जस्तै यस वर्षको दशैमा पनि उनी मेहनत मजदुरी गरेर सांझ विहानको छाक टार्न व्यस्त रहे ।
अरुले दशै तथा दिपाावली पर्व मनाउन विभिन्न तयारी गरिरहदा यहांका पथ्थरकट्टा समुदायलाई भने आफ्नै कामको चटारो छ । उनीहरुको अनुहारमा दशैको कुनै रौनक र उत्साह पनि देखिदैन ।
सरकारले अल्प संख्यक जातिका रुपमा सुचीकृत गरेको पत्थरकट्टा समुदाय ढुंगाबाट मसला पिस्ने लोहोरो, चनौटो र जातो बनाउने जातिका रुपमा परिचित छन् । दिनभरि काम नगरी उनीहरुलाई हातमुख जोर्न पुग्दैन । अनि त कसरी दशै मनाउने ? उनीहरु चिन्तित बनेका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यद्धारा प्रदान गरिने सेवाबाट बञ्चित यहाका पत्थरकट्टाले आर्थिक अभावका कारण कुनै पनि चाडवाड राम्ररी मनाउन नपाएको बताउछन् । उनीहरुले धनी तथा अरु समुदायले दशैको बेला पकाईने परिबार, नयाँ लुगा, गरेको रमाईलो हेरेर नै चित्त बुझाउन बाध्य छन् ।
माल बिक्री नभए पछि पुखर््यौली पेशा समेत उनीहरुको संकटमा परेको छ । जिल्ला समन्वय समितिका अनुसार अल्पसंख्य जातिको रुपमा रहेको २ सय बढि पत्थरकट्टा परिवारको जिल्लामा बसोबास रहेको छ तर सवैको अवस्था भने उस्तै छ ।

प्रकाशित मिति : १५ आश्विन २०७४ आइतबार ००:००  ३ : २० बजे