१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मुस्लिम र हिन्दु समुदायले आज सद्भावको पर्व मोहर्रम मनाउँदै



कपिलवस्तु, १५ असोज ।
मुस्लिमहरुको तेस्रो ठूलो चाड मोहर्रम कपिलवस्तुका मुस्लिम र हिन्दु समुदायले सामुहिक रुपमा मनाउदैछन् । धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदान प्रदान गरी मनाउने गरेका हुन् ।
मुस्लिमको पर्व भएपनि सदियौंदेखि यहाँका हिन्दूहरुले समेत सँगसँगै मनाउने एक मात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदाय विच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाहरुको बुझाई छ ।
मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतिक स्वरुप तहजियाको पूजा गरिने प्रचलन रहेको छ ।
यता मुस्लिम धर्माबलम्बी र हिन्दु धर्माबलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मुर्ति तहजियाको बिक्री बढेको छ । हिन्दु र मुस्लिम धर्मावलम्बिले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखि चाड मनाउने गरेका छन ।
आज भन्दा १३५० बर्ष अधि हिजरीमा एजिदोनोले गरेको आक्रमणमा परि मारिएका ईस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाईने गरेको छ । उनको प्रतिक स्वरुप घरघरमा तहाजियाको पुजा गरिने चलन रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७४ आइतबार ००:००  ३ : २८ बजे