१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न आह्वान



काठमाडौँ, १५ असोज (रासस) ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्या्दित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गर्नुभएको छ ।
अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याउनुभएका ज्येष्ठ नागरिक निश्चय नै राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।
“ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व रहन्छ,” सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट समाजिक सुरक्षा भत्ता एवं विभिन्न सेवा सुविधासमेत प्रदान गरिँदै आएकामा उहाँले सराहना पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७४ आइतबार ००:००  ३ : ४४ बजे