१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लुम्बिनी अञ्चलका पहाडी जिल्लामा सराय जात्राको रौनकता शुरु, तृयादशीका दिन चन्द्रौटामा सराय जात्रा निकालिदै



सरिता थारु, कपिलवस्तु, १६ असोज ।
हिन्दूहरुको ठूलो चाड विजयादशमी अन्तर्गत आइतबार एकादशी देखि पुर्णीमा सम्म देशका विभिन्न स्थानमा धार्मिक पराम्परा अनुसार सराय जात्रा निकालिदै छ । आइतबार एकादशी तिथीमा अर्घाखाची, गुल्मी र कपिलवस्तु जिल्लाका केहि स्थानमा सराय जात्रा निकालीएको थियो ।

यसैविच मङ्गलबार तृयादशि तिथीमा कपिलवस्तुको भलवाडमा रहेको दुर्गा मन्दिरमा पनि सरायजात्रा निकालीने भएको छ । परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि मङ्गलबार सरायजात्रा सुरु गरिने भलवाड सहकर्मी बाबुराम रायमाझीले जानकारी दिनुभएकोछ । पुजाघरमा राखिएको फुलपाति बिर्सजनका लागि बाजागाजा सहितको टोली नजिकैको खोलामा सराय खेली विर्सजन गर्ने वताईएको छ ।

यस्तै हिन्दूहरुको महान पर्व वडादशैंको तृयादशीको अवसरमा आउंदो असोज १७ गते मंगलबारका दिन कपिलवस्तुको चन्द्रौटामा सराय“जात्रा र फूलपाती विसर्जन गरिने भएको छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा कपिलवस्तुका सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न चन्द्रौटाको दुर्गा भवानी मन्दिरमा सराय जात्रा र फूलपाती विसर्जन गरिने सहकर्मी सिताराम चौधरी जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७४ सोमबार ००:००  १ : २१ बजे