१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालगंजमा बस र ट्रक ठोक्कियो, एक जनाको मृत्यु २३ घाइते



नेपालगंज, १६ असोज ।
बाँकेको नेपालगंज – खजुरा सडकखण्डमा बस र ट्रक ठोक्किएर एक जनाको ज्यान गएको छ । आइतबारराति भएको दुर्घटनामा २३ जना घाइते भएका छन् ।
नेपालगंजबाट बर्दियाका लागि छुटेको ना ४ ख १०९४ नम्बरको बस र बर्दियाबाट नेपालगंजका लागि छुटेको ना २ ख ९३६० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा भारत रुपइडियाका ६० बर्षिय राममनरत शर्माको ज्यान गएको हो । घाइते २३ जना मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको नेपालगंजस्थित अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७४ सोमबार ००:००  ४ : ०० बजे