१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बडा दशैँको १३ औँ दिन आज पनि टीका थाप्ने क्रम जारी



मायादेवी अनलाइन, कपिलवस्तु, १७ असोज ।
बडादशैको १३ औ दिन मङ्गलबार पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ । टाढा रहेका र टीकाको दिन जान नभ्याएका मङ्गलबार टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा पुग्ने गर्छन् ।
आफन्तकोमा टिका थाप्न नयाँ र राम्रो पहिरनमा सज्जिएर हिडेकाहरु बाटो घाटोमा देखिन्छन् । आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।
पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका, जमरा थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायुको आशीर्वाद लिइन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  २ : २६ बजे