१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्राकृतिक सम्पदाको संरक्षणमा जुटे स्थानीयवासी



म्याग्दी, असोज १७ । प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न म्याग्दीको ग्रामीण भेकका बासिन्दा सक्रिय हुन थालेका छन् । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट र मालिका गाउँपालिका अर्मनका स्थानीय बासिन्दा सामुदायिक वनमा पाइने जडीबुटी, वन्यजन्तुजस्ता लोपोन्मुख वस्तुहरू संरक्षण गरेर प्रकोप नियन्त्रण गर्ने योजनासहित प्राकृतिक संरक्षण सम्पदा संस्था खोलेका छन् ।
अन्नपूर्ण प्राकृतिक संरक्षण क्षेत्रबाहेकका क्षेत्रमा केही वर्षयता प्राकृतिक वस्तु र वन्यजन्तु लोप हुन थालेपछि संरक्षणका लागि अभियान थालेको जनाइएको छ ।
वनजंगलमा वन्यजन्तु लोप हुँदै जाँदा पर्यटकीय स्थानको महत्व कम हुँदै जान थालेपछि अभियान थालिएको अर्मनकी प्राकृतिक संरक्षण संस्थाकी सदस्य कोपिला कँडेलले बताउनुभयो ।
सो संस्थाले जडीबुटी संकलनलाई व्यवस्थित बनाउने र राजश्व संकलनमा वृद्धि गर्ने योजनासमेत बनाएको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा २४ प्रजातिका जडीबुटी पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाघ, भालु, चितुवा, चित्तल तथा धेरै चरा पाइने भएपनि विस्तारै लोप हुन थालेपछि अभियान शुरु गरेको संस्थाले जनाएको छ ।
समुद्री सतहदेखि करिब दुई हजार ५०० भन्दा बढी उचाइमा फैलिएको सो क्षेत्रको सामुदायिक वन क्षेत्र पर्यटकीय दृष्टिले समेत आकर्षक भएकाले संरक्षण गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ रहेको छ । ( रासस

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  ५ : २४ बजे