१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारत काश्मिरको सैनिक शिविरमा आक्रमण



असोज १७ । भारत प्रशासित कश्मिरको एउटा सैनिक शिविरमा विद्रोहीले आक्रमण गरेका छन् । बिहान भएको आक्रमणमा भारतीय सीमा सुरक्षा बलका दुई जना घाइते भएका बीबीसीले जनाएको छ ।

भारतीय सुरक्षाकर्मीले गरेको कारवाहीमा एक आक्रमणकारी मारिएका र दुई जना भागेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । श्रीनगरको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैनिक शिविरमा ३ जना विद्रोहीले आक्रमण गरेका थिए ।
एक जना आक्रमणकारी मारिए पनि अरु २ जना सैनिक शिविरभित्रै लुकेकाले खोजी भैरहेको त्यहाँले प्रहरीले जनाएको छ । आक्रमणपछि श्रीनगरको अन्तर्राष्ट्रिय विमानस्थलका केहि उडान रद्ध गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  ५ : ५२ बजे