११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

डिभी चिट्ठाको फर्म खुल्यो, यसरी भर्न सकिन्छ



काठमाडौं, असोज १८ ।
अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठाका लागि फर्म खुला गरेको छ । अमेरिकाले नेपाली समय अुनसार मंगलबार राति पौने १० बजेदेखि डिभीका लागि फर्म खुला गरेको हो ।
नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति पौने ११ बजेसम्म फर्म भर्न सकिने जानकारी दिएको हो । डिभीको आवेदन निशुल्क रहेको दूतावासले जनाएको छ ।
आवेदन भर्न सजिलो रहेकाले भिसा कन्सल्टेन्सीका कुरा झुट्ठा आश्वासनमा विश्वास नर्गन पनि अमेरिकी दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ६ : ४६ बजे