१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

संघ र प्रदेशसभा चुनावका लागि १६५ मुख्य निर्वाचन अधिकृत नियुक्त ,



काठमाडौं, असोज १८ ।
संघ र प्रदेशसभा चुनावको लागि भन्दै निर्वाचन आयोगले १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार जगेडा अधिकृतको रुपमा अरु नौ अधिकृतलाई पनि नियुक्त गरिएको छ ।
बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।
आयोगका अनुसार संघ र प्रदेश सभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसको लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ७ : ५१ बजे