१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एसिया कप छनौट ताजकिस्तानविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा 



काठमाडौं, असोज १८ ।
एसिया कप फुटबलको छनौटमा ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आउँदो मंगलबार ताजकिस्तानसँग उसैको घरेलु मैदानमा हुने खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदस्यीय टोलीको घोषणा गरेको छ । गोलकिपर विशाल श्रेष्ठको ठाउँमा एलन न्यौपाने टोलीमा परेका छन् ।
यस्तै राजेन्द्र रावललाई पनि टिममा समावेश गरिएको छ । यस्तै, यसअघि टिममा परेका सुमन लामाले यसपटक मौका पाएनन् ।
छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ ।
यमनको ५ अंक छ भने एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई हराउँदै ताजकिस्तानले ३ अंक जोडेको थियो । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउने छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १० : ४९ बजे