१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस



 

डडेल्धुरा, असोज १८ । आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि डडेलधुरामा नेपाली कांग्रेसले दुई गुटबाट दुईथरी उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले औपचारिक बैठकमार्फत एकथरी नामहरु सिफारिस भएका छन् । त्यस्तै डडेल्धुरा कांग्रेस भित्रकै असन्तुष्ट समूहले अर्कोथरी उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।
संस्थापन पक्षले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट प्रदेशसभा र प्रतिनिधि सभाका लागि सिफारिस गरिएका उम्मेदवारहरुका नाम सार्वजनिक गरेको हो र्। रघुवर समूह पक्षले पनि मंगलबारै नाम सिफारिस गरेको जनाएको छ ।
संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ । देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट उम्मेदवार बन्दै आउनुभएको छ । उहाँ अहिलेसम्म भएका सबै चुनावमा विजयी हुनुभएको छ ।
यस्तै प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ नारुदेवी ओझा ९महिला०, पदम विष्ट ९खुल्ला० र भरत नेपाली ९दलित० कोटाबाट सिफारिस गरी केन्द्रमा पठाएको कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।
प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ गोपा थापा, रबिन्द्र खड्का र हिक्मत सिंह ठाकुरको नाम सिफारिस गरिएको छ । क्षेत्र न। २ बाट नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्ल, पार्टी उपसभापति करुणाकर भट्ट र महाधिवेशन प्रतिनिधि तारक बुढा ऐरको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा सदस्यका लागि समानुपातिकतर्फबाट ३१ जनाको नाम सिफारिस गरिएको छ । जसमा गणेश प्रसाद पन्त, अर्जुनबहादुर मल्ल, गोकुलबहादुर शाही, सुरेन्द्र बहादुर माली, लोकराज भट्ट, कमला बिष्ट, नरबहादुर ठकुराठी, लोकेन्द्रबहादुर गुरुङ, तारकबहादुर खड्का, गुणाकर चटौत, खेमराज जोशी, रतन बहादुर ऐर, भोजराज भट्ट र टेकबहादुर बुढाऐरको नाम सिफारिस गरिएको छ ।
यस्तै भोजराज भट्ट, अनिरुद्र प्रसाद जोशी, दान बहादुर पाल, शेर बहादुर साउद, पद्मा गुरुङ, प्रकाश जैरु, उज्जवल दत्त पनेरु, जमुना देवी ऐर, देवकी पन्त, जितबहादुर मडै, हिक्मत बहादुर ऐर, रामचन्द्र ऐर, शेर बहादुर चाड, चुडामणी ठकुराठी, देव बहादुर खड्का र पदम भट्ट ‘काजी’ र बसन्ती भण्डारीको नाम अघि सारिएको छ । प्रतिनिधिहरुको निवेदनका आधारमा सबैको नाम सिफरिस गरिएको पाटी सभापति मल्लले जानकारी दिनुभयो ।
त्यस्तै पूर्व जिल्ला सभापति रघुवर भट्ट समूहले भने छुट्टै नामावली सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका लागि एकमात्रै क्षेत्र रहेको डडेल्धुरामा प्रत्यक्ष तर्फ नेपाली कांगे्रसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारीस गरिएको छ ।
यसैगरी समानुपातिकतर्फ देउवा पत्नी डा।आरजु राणा देउवा, महाधिवेशन प्रतिनिधि तथा सांसद नरभान कामी र नेविसंघ अध्यक्ष नैनसिंह महरलाई पनि समानुपातितर्फबाट सिफारिस गरिएको छ ।
प्रदेशका लागि दुई क्षेत्र भएकाले प्रत्यक्ष तर्फ क्षेत्र नं। १ बाट रघुवर भट्ट, हेमराज चटौत, नैनसिंह महर, कैलाश कुमार पाण्डेय, हेमराज चटौत, विरेन्द्र बहादुर थापाको नाम सिफारिस गरिएको जनाइएको छ । त्यसै गरी प्रदेश क्षेत्र नं। २ का लागि गोविन्द बोहोरा, शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट, मोहनराज पाठक, भान बहादुर देउवा, भोजराज भट्टलाई सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिक तर्फ २३ जनाको नाम सिफारिस गरिएको छ । लक्ष्मी प्रसाद अवस्थी, डम्बर बहादुर गैराल, डिल्लीराज जोशी, मान कुमारी थापा, धर्मानन्द भट्ट, जीत बहादुर मडै, जयराज पनेरु, सरस्वती खड्का, चन्द्र टमटा, सन्तोस जैरु, पार्वती जैरु, पार्वती झुकाल, राजु भट्ट, बाजी लुहार, पुष्कर पनेरु, उज्जलदत्त पनेरु, राधा देवी पाण्डेय, गोपा थापा, मन्जु धामी, बीरबहादुर ठगुन्ना, कमल सिंह साउद, डम्बर सिंह विष्ट र भोजराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १२ : ५५ बजे