१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमाले उपमहासचिवद्वय पौडेल र भुषाल रुपन्देहीबाट सिफारिस



रुपन्देही, असोज १९ ।
आउँदो मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देहीबाट नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुनु भएको छ ।
एमाले क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा तर्फ रुपन्देही क्षेत्र नम्बर २ मा विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
क्षेत्र नम्बर १ र ३ बाट अर्का उपमहासचिव घनश्याम भुषालको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सिफारिस भएको छ ।
केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा सिफारिस हुने एमाले क्षेत्रीय समितिले बताएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ४ : ११ बजे