१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोल्पा कांग्रेसद्वारा उम्मेदवार सिफारिस



रोल्पा, असोज १९ ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि नेपाली कांग्रेस रोल्पाले उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।
कांग्रेस रोल्पाको हालै सम्पन्न जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि संघको प्रत्यक्ष तर्फमा सिँचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्पm पूर्व सहायक मन्त्री तथा पूर्व केन्द्रीय सदस्य भीमकुमारी बुढा, पूर्व जिल्ला सभापति माधवप्रसाद आचार्य, महासमिति सदस्य नारायणप्रसाद सुवेदी, जिल्ला सदस्य मिश्रिकुमारी हमाल, पूर्व सहायक मन्त्री रेगबहादुर सुवेदी, क्षेत्रीय सभापति सिमबहादुर विष्ट, क्षेत्रीय सदस्य दलसिंह कामी, क्षेत्रीय कोषाध्यक्ष हरिबहादुर राना, जिल्ला सदस्य कविता उपाध्ययको नाम सिफारिश गरेको कांग्रेस रोल्पाले जनाएको छ ।
यस्तै प्रदेश सभा तर्फ प्रत्यक्षमा क्षेत्र नम्बर १ मा जिल्ला सचिव शेरबहादुर महरा र क्षेत्र नम्बर २ मा कोषाध्यक्ष खट्कबहादुर खत्री, जिल्ला सदस्य खगेन्द्रप्रकाश हमाल, पूर्व जिल्ला सहसचिव दिपक श्रेष्ठको नाम सिफारिश गरेको छ । प्रदेशसभाका लागि समानुपातिक तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व सांसद लेखनाथ आचार्य, क्षेत्रीय उपसभापति तिजा विष्ट, महासमिति सदस्य एवम् नेवि संघ पूर्वमहामन्त्री मनोजमणि आचार्य, महाधिवेशन प्रतिनिधि श्रीकुमारी रोका, महासमिति सदस्य मणिकला राना, क्रियाशील सदस्य पदम विष्ट, जिल्ला सदस्य देवा आचार्य र नेपाल महिला संघ रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठको नाम रिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट पूर्व सचिव झक्कुप्रसाद घर्तीमगर, महाधिवेशन प्रतिनिधि बमबहादुर रोकामगर, सचिव मोहन परियार, रुन्टीगढी गाउँपालिका–९ का वडा सदस्य धनबहादुर रसाइली, जिल्ला सदस्य टीका बुढाथापा, महाधिवेशन प्रतिनिधि शंकबहादुर छन्त्याल, सल्लाहकार टेकबहादुर बस्नेतको नाम रिफारिस गरेको कांग्रेस रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ५ : ०४ बजे