१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

डा. केसीको स्थगित अनसन आज साढे चार बजेबाट पुनः सुरू



काठमाडौं, असोज १९ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आजबाट सुरु गर्नुहुने भएको छ । अनसन अपरान्ह साढे चार बजेबाट सुरू गर्नुहुने डाक्टर केसीका सहयोगी अभिषेक सिंहले जानकारी दिनु भएको छ ।
संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले डा. केसी अनसनमा बस्नु भएको हो । गत असोज ९ गते सुरू गरेको १२ ‌औं अनसन दसैंका कारण ११ गते नै स्थगित गर्नु भएका डा. आजबाट पुनः बस्ने बताउनु भएको थियो ।
अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न उहाले असोज १९ गतेसम्मको अल्टिमेटम दिनु भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ५ : २७ बजे