१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

केपी ओली झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने



झापा, असोज १९ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम आउँदो मंसिरमा हुने प्रतिनिधिसभा च्ुनावका लागि झापाको क्षेत्र नम्बर ५ बाट सिफासिर भएको छ ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिनुभयो ।
झापा क्षेत्र नम्बर १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर ४ बाट लालप्रसाद ९एलपी० साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताउनुभयो । रासस

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ८ : २१ बजे