१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सडक अवरुद्ध हुँदा खेलाडी बाटोमै रोकिए, प्रदेशस्तरीय क्रिकेट खेल रोकियो



पाल्पा, असोज १९ । पहिरोका कारण पाल्पा बुटवलको बाटो बन्द भएपछि प्रदेशस्तरीय क्रिकेट अन्तरगत पाल्पामा बिहीबार हुने भनिएका खेल रद्द भएका छन् ।
बाटो बन्द हुँदा खेलाडी खेलमैदानसम्म पुग्न नसकेका कारण खेल रद्द भएको खेल आयोजक दमकडा क्रिकेट क्लबका सचिव विजय बौडेलले जानकारी दिनुभयो ।
बिहीबार पहिलो खेल मिसन क्रिकेट क्लब पाल्पा र ताहुँ क्रिकेट क्लब पाल्पा र दोश्रो खेलमा न्यु होराईजन स्पोर्टस क्लब रुपन्देही र नयाँगाउँ क्रिकेट क्लब रुपन्देही खेल्ने तयारी थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  १० : १६ बजे