१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कांग्रेसलाई झड्का, प्रभावशाली नेता पप्पु सहित दर्जन बढी एमाले प्रवेश



मायादेवी अनलाइन, कपिलवस्तु, १९ असोज ।
नेपाली काग्रेसका प्रभावशाली नेता दीर्घनारायण पाण्डे (पप्पु) सहित ५ सय बढि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले मदन आश्रृत स्मृति भवन तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रिय सदस्य तथा कृष्णनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश चन्द्र गुप्ता, राजपाका इकाई अध्यक्ष सिताराम गुप्ता र महाराजगंज नगरपालिकाका उपमेयरका उम्मेदवार जिवन कुमार चौधरी सहित नेपाली काग्रेस र राजपाबाट ५ सय बढि कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

कांग्रेस, राजपा र संघिय समाजबादी फोरम नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउदै नेकपा एमालेका अध्यक्ष झविलाल पोख्रेलले पार्टी प्रवेश गर्ने नेतालाई उचित जिम्मेवारी दिने बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रम झविलाल पोख्रेलको अध्यक्ष तथा एमाले केन्द्रिय कमिटि सदस्य सिराज अहमद फारुकीको प्रमुख आतिथ्यता र जिल्ला उपाध्यक्ष बाबुराम खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ३ : २७ बजे