१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उम्मेद्वार टुङ्ग्याउन कांग्रेस कसरतमा, दीप कुमारको आवगमनले नेता झस्किए



मायादेवी अनलाइन, कपिलवस्तु, १९ असोज ।
आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस कपिलबस्तुले उम्मेद्वारको टुङ्गो लगाउन कसरत गरिरहेको छ । देशको बर्तमान राजनितिक अबस्थालाई मध्यनजर गर्दै अहिले नै आकांक्षी उम्मेद्धारको नामाबली सार्बजनिक गर्न नसकिने नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

केन्द्रमा लोकतान्त्रिक गठबन्धन बन्ने तयारी भएको कारण अझै उम्मेद्वार छनौट गर्न नसकिएको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

रेडियो बुद्ध आबाज सँग संक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अबको दुई, तीन दिन भित्रमै उम्मेद्धारको नामाबली केन्द्रमा पठाउने गरि गृहकार्य भैरहेको बताए ।

यद्यपि सभापति आचार्यले उम्मेद्वार छनौट केन्द्रको निर्णय अनुसार गर्ने बताए पनि आकांक्षि धेरै भएको कारण उम्मेद्वार चयन हुन नसकेको बिशेष स्रोत बताउँछ । ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ६ प्रदेश निर्वाचन क्ष्ँोत्र कायम रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस सभापति आचार्य सर्वसम्मत रुपमा सिफारिस हुनु भएको बताइएको छ ।

त्यसै गरी क्षेत्र नं. १ मा दिपकुमार उपाध्याय, अत्तर कमाल, कमलेश शर्मा आकांक्षि देखिनुभएको छ । नेपालका लागि भारतीय राजदुतबाट राजीनामा दिएर निर्वाचन लड्ने योजना बनाएका दिप कुमार उपाध्याय प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने मानसिकता बनाएको कारण कांग्रेस कपिलवस्तुलाई अप्ठ्यारो भएको छ । कतिपय नेता उपाध्यायको आवगमनले ससंकित बनेका छन् । उपाध्यायले टिकट पाउन साह्रै पापड बेल्नुपर्ने परिस्थिती सिर्जना भएको छ । किनकि उनलाई टिकट पाउन त्यति सहजता भने छैन । किनकि गत संबिधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसबाट बागि उठेर पनि चुनाव जितेका अत्तर कमाल जुनसुकै तरिकाबाछ दीप कुमारलाई रोक्ने प्रयासमा छन् । कमालले आफु प्रनिनिधिसभामा चुनाव लड्न चाहन्छन ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पूर्व फोरमका उपमहासचिव अभिष्ोक प्रताप शाह कांग्रेसबाट चुनाव लड्ने मनशायमा हुनहुन्छ भने अरु नेताहरुको आकांक्षा पनि धेरै छ । कांग्रेसका कतिपय बलिया नेता एमालेमा प्रवेश गरे संगै कांग्रेस कपिलवस्तुलाई संकट उत्पन्न भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ३ : ४३ बजे