१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

दशै मनाउन घर गएका फर्कन थाले



मायादेवी अनलाइन, कपिलवस्तु, २० असोज ।
दशैंका लागी कपिलवस्तुको गोरुसिँगे हुँदै पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, प्युठान पुगेका यात्रु फर्कने क्रम निकै बढेको छ । दशैँका लागी गाउँगाउँ पुगेका उनीहरु यतिवेला सयौँको सँख्यामा फर्केपछि यातायातका साधनको समेत चाप बढको छ ।
अहिले गोरुसिंगेबाट बुटवल, काठमाडौं, पोखरा, नारायणगढ जाने यात्रुको निकै भीड लागेको छ ।
पश्चिम नेपाल बस व्यवसायी संघका अनुसार अहिले दैनिक नम्वरका २२ तथा अलग १२ देखी १५ बटा बस जिपले यात्रु ओसारेका छन् । यात्रुको भिडसँगै राजमार्गमा समेत यातायातका साधनको चहलपहल बढेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १ : ४६ बजे