१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खुलेको चार घण्टा नहुँदै बुटवल–पाल्पा सडक बन्द



पाल्पा, असोज २० ।
दुई दिनपछि आज बिहान ७ बजेबाट एकतर्फी संचालनमा आएको पाल्पा–बुटवलको बाटो फेरि बन्द भएको छ ।

बिहान मोटरसाइकल, कार , जिप लगायतका सवारी संचालन भए पनि बाटो मर्मतका लागि ११ बजेदेखि पुनः आवागमनमा रोक लगाइएको जिल्ला प्रंहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा झरेका ढुङ्गे पहिरोले गर्दा पटकपटक बाटो बन्द हुँदै आएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडकमा खसेका पहिरो पन्छाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बाटो बन्द भएकाले पाल्पा बाट बुटवल जाने सवारीलाई तानसेनको बर्तुङ्ग र बुटवल बाट पाल्पा आउने सवारीलाई बुटवलमै रोकिएको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  ७ : ३५ बजे