८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राष्ट्रपति भण्डारीद्वारा गोसाइँकुण्डमा स्नान



रसुवा, असोज २० । राष्ट्रपति विद्यादेवी भण्डारीले गोसाइँकुण्डमा स्नान गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार बिहान रसुवा आउनुभएकी भण्डारीले धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्नुभएको हो ।
स्नानपश्चात गोसाइँकुण्ड आसपासमा रहेका अन्य कुण्डहरु, पदमार्गको बारेमा जानकारी लिनुभएको थियो । कुण्डबाट फर्किएपछि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणमा पुगेर जिल्लाको समग्र बस्तुस्थिती बारे जानकारी लिनुभएको बताइएको छ ।
गणका अनुसार गणले जिल्लामा आएपछि गरेका क्रियाकलापको बारेमा जानकारी लिनुभएको हो । त्यसैगरी उहाँले नेपाल चीन जोड्ने मैलुङ–स्याफ्रुबेशीँ सडकको हेलिकप्टरबाट अवलोकन गर्नुभएको थियो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्लाको बस्तुस्थिती बारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १० : ३९ बजे