१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023

नवराज लम्साल सहित दर्जन बढी कवि कपिलवस्तु, चारनम्बरमा साँझ काव्य सन्ध्या हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु, २० असोज ।
दधिस्मृती साहित्य समाज कपिलवस्तुले आज राती काव्य सन्ध्या आयोजना गर्दैछ । जिल्लाको जीतपुर चारनम्बरमा रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा साहित्य समाजले काव्य सन्ध्या गर्न लागेको हो ।

उक्त कार्यक्रमको लागि बरिष्ठ कवि तथा रेडियोकर्मी डा. नवराज लम्साल, साहित्यकार तथा भाषाविद डा. देवी नेपाल, कवि गोर्खे साइलो, वरिष्ठ गजलकार धनराज गिरी, कवि कविराज भट्ट, कवि कविराज पौडेल, गजलकार निर्मल ढुङ्गाना लगायत देशका दुई दर्जनभन्दा बढी कवि तथा साहित्यकार कपिलवस्तु आइसकेको दधि स्मृति साहित्य समाजका सचिव समिर सायरले जानकारी दिनुभएको छ ।

कपिलवस्तुलाई साहित्यको उर्वरभूमि बनाउ र यूवापिढीमा साहित्य सम्बन्धि चाख दिलाउन प्रख्यात कविको साथमा काव्य सन्ध्या आयोजना गर्न लागेको साहित्य समाजका सचिव सायरले बताउनुभयो । साथै यि साहित्यिकारको आतिथ्यतामा भोली विहान १० बजे चारनम्बरमै बृहत कवि गोष्ठि, श्रष्टा सम्मान तथा रचनाबाचन कार्यक्रम हुन लागेको उहाँले जानकारी दिनुभयो ।

करिब १ सय भन्दा बढी जिल्लाका कवि तथा साहित्यकारलाई सहभागी बनाई आजको साझँलाई साहित्य रसपान युक्त बनाउने गरि आयोजक लागेको छ । उक्त कार्यक्रममा केन्द्रिय कविका रचना र जिल्लाबासीका रचना सुन्ने र सुनाउने गरिनेछ । काव्य सन्ध्यामा उपस्थित हुन आयोजकले सबै साहित्यनुरागीलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  १२ : ४७ बजे