७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चुनावमा होमिएर लाग्न महिलाहरुलाई नेता घिमिरेको आग्रह



पार्वती पाण्डे, कपिलवस्तु २१ असोज ।
नेकपा एमालेका युवा नेता एवं अनेमसंघका केन्द्रीय सदस्य विमला घिमिरेले नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएर लाग्न महिलाहरुलाई आग्रह गर्नु भएको छ । पार्टिले गरेका निर्णयहरुलाई अक्षरस कार्यान्वयन गर्दै चुनावमा लाग्नु पर्ने बताउनुभयो । अनावश्यक चोक चौराहामा टिका टिप्पणी गर्नेहरुलाई पनि निग्रानी गरि महिलाहरुले नै तह लगाउनु पर्ने उहाँले जिकिर गर्नुभयो ।
शुक्रवार जिल्लाको सिद्धार्थ क्याम्पस वुङचीमा अखिल नेपाल महिलासंघ वाणगंगा नगरसंगठन समितिले राखेको चाडपर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै युवा नेता घिमिरेले यस्तो बताउनु भएको हो ।
वर्तमान समयमा मुलुकमा भएको बाम चुनावी तालमेल र बाम एकताको सहमतीलाई सकारात्मक तवरले हेर्नु पर्ने जनाउनुभयो । मुलुकले आर्थिक सम्वृद्धि चाहेको छ, बाम एकताको सहमतीले राष्ट्र खुशी भएको छ नेता घिमिरेले भन्नुभयो । चाडपर्वले सबैमा आत्मियता बढाओस दुवै निर्वाचन सफल हुन उहाँले भन्नुभयो ।
कार्यक्रममा पार्टिका ५ नं प्रदेशका सदस्य वलराम अधिकारी, प्रभा पौडेल, पार्टिका वैदेशिक विभागका केन्द्रीय सदस्य निर्मल कुमार विश्वकर्मा, प्रेश चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पार्वती पाण्डे, वन तथा वातावरण विभागका केन्द्रीय सदस्य जंजिर प्रसाद थारु, पार्टिका सचिवालय सदस्य डम्मर शर्मा, अनेमसंघका जिल्ला अध्यक्ष शारदा शर्मा, अनेमसंघ नगर संगठनका उपसंयोजक शान्ता पाण्डे लगायतले वर्तमान परिस्थितीका विषयवस्तुमा बोल्नु भएको थियो ।
नगर संगठन समितिका संयोजक चेतना अधिकारीको अध्यक्षता सचिव सरस्वती गौतमको संचालनमा भएको कार्यक्रममा सयौं महिलाहरुको उलेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : ०५ बजे