८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल किसान ट्रेक्टर समिती कपिलवस्तुले रक्तदान कार्यक्रम गर्दै



दिपा महत, कपिलवस्तु २१ असोज ।
नेपाल किसान टे«क्टर समिती कपिलवस्तुले विगतका वर्ष जस्तै यसवर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यहि असोज २५ गते समितीले संस्थाको कार्यालय वाणगंगा नगरपालिका ८ पुलचोकमा सो कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान जिवनदान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थिीत भै रक्तदान गर्नुहुन सम्पूर्णलाई समितीका संयोजक दिपेन्द्र विक्रम पौडेलले आग्रह गर्नु भएको छ । कार्यक्रम विहान ७ बजेबाट सुरु हुने बताईएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : १४ बजे