२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी



मायादेवी अनलाइन, कपिलबस्तु, २१ असोज ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोटी भन्सार कार्यालय तस्कर मौलाउने ट्रान्जिट बनेको छ । नेपाल भारत सीमानाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहँदा तस्करहरु मालामाल भएका हुन् । सिमापारीबाट आउने मालसमान चेकजाँचमा कडाई गर्न भन्दै सशस्त्र प्रहरी र नेपाल प्रहरी डियुटीमा खटिएका त छन् तर सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी हुने गरेको स्थानीय बताउँछन् ।
भन्सार कार्यालयको दुरी टाढा हुँदा सीमापारीबाट आउने जुन सुकै सवारीसाधनलाई सहजै नेपाल भित्राइने गरिएको छ । भन्सार कार्यालय सम्म सवारी साधन पठाउँनै पर्ने भएको कारण सुरक्षाकर्मीले भारतबाट आउने सवारीसाधनलाई कडाई गर्दैनन । तर भन्सार कार्यालय सम्म नपुगि केहि साना सवारी साधन सहायक बाटो प्रयोग गरि भन्सार छल्ने गरेको विशेष स्रोत नाम नबताउने सर्तमा बताउँछ । “सुरक्षाकर्मीकै मिलेमतोमा दैनिक तस्कर भैरहेको छ स्रोतले भन्यो ।”
स्रोतका अुनसार सुरक्षाकर्मीको मिलेमतोमा नेपालमा प्रतिबन्धित बैठी, माङ्गुर माछा दैनिक ल्याइने गरिएको छ । जिल्लाका हरेक हाटबजारमा यि माछा खुलेयाम बेचविखन गरेको देख्न पाइन्छ । नेपालीका महान चाडपर्व नजिकिदै जादा तस्करहरुले खुलेयाम भारतीय मालसमान नेपाल भित्राउने गरेका छन् । भारतीय खसीबोकाहरु नेपाल भित्राउँदा पशु क्वारेनटाइनमा चेकचाज नगरि यहाँ भित्त्राइने गरिएको छ । साथै पटकाजन्यबस्तु, लत्ताकपडाहरु पनि रातीको मौका छोपी नेपाल प्रवेश गराउने गरिएको स्रोत बताउँछ ।
भन्सार कार्यालयको दुरी सीमानाका भन्दा एक किलोमिटरको दुरीमा छ । यसैको फाइदा उठाउँदै तस्करहरुले चोरबाटो मालसमान नेपाल भित्त्राउने गरेका हुन । खनुवा छोटी भन्सार कार्यालयका कर्मचारी पनि भन्न्सार कार्यालय टाढा हुँदा चोरी तस्करी नियन्त्रण गर्न नसकेको स्विकार गर्दछन् । भन्सारका नासु ज्ञानु भण्डारी भन्छन्, “भन्सार कार्यालय सीमानाका मै भएको भए तस्करी बढ्ने थिएन । ” भन्सार टाढा भएको फाइदा उठाँउदै तस्करहरुले बैकल्पिक मार्ग प्रयोग गरि तस्करी गरेको हुन सक्ने भण्डारीको आशंका छ । भन्सार कार्यालय सीमानाका मै हुनुपर्नेमा उनको जोड छ । ‘हामीले कडाई गर्न खोज्दा पनि नियन्त्रण गर्न समस्या छ, यस विषयमा सरकार गम्भिर हुनुपर्छ उनले भने ।’
केहि बर्षयता भारतका तस्करहरु कपिलवस्तुमा मौलाउदै गएका सुचना बाहिर आउने गरेका छन । सहायक बाटो प्रयोग गरि तस्करहरुले नेपालमा प्रतिबन्धित भारतीय मालसामान खुलेयाम भित्राउने गरेका छन् । खुल्ला सीमाना र जहाँ सुकै ठाउँमा भारतबाट नेपाल छिर्न सक्ने सहायक बाटोको कारण भारतीय तस्करहरु कपिलवस्तुमा मौलाउदै गएका हुन । तस्करहरुले दैनिक लाखौका सामान नेपाल प्रवेश गराउँदा समेत सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ । बेलाबेला तस्करहरुले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामाग्री कपिलवस्तु भित्राउने गरेका समाचार बाहिर आएपनि सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ ।
खुुनुवा छोटी भन्सार कपिलवस्तु कृष्णनगर भन्सार कार्यालय पछि दोस्रो ठुलो नाका हो । यहाँबाट दैनिक रुपमा खाद्यान्न, लत्ताकपडा, फलफुल र तरकारीजन्य बस्तुहरु नेपाल आउने गरेको छ । भन्सारले बार्षीक औषतमा करिब २०÷२२ करोड राजश्व संकलन गर्ने गरेको कार्यालयले जनाएको छ ।
सीमानाकामा तस्करी हुने गरेका गुनासा प्रहरी कार्यालयमा आईरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रह्लाद अधिकारीले बताए । ‘भन्सार कार्यालय एक किलोमिटर टाढा छ, सीमापारिबाट आउने सवारीलाई भन्सार सम्म पु¥याउनुप¥यो उनले भने, “यसैको मौका छोपी गलत काम गर्न सक्छन् ।” सीमानामै भन्सार कार्यालय नहुँदा निकै समस्या भएको उनले बताए । भन्सार कार्यालय सम्म सवारी साधन नपुगुञ्जेल सम्म आफुहरुले निगरानी गर्दै आएको उनले दाबी गरे ।
प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै कपिलवस्तु आएका प्रजिअ मदन भुजेलले सीमानाका भन्दा एक किलोमिटर टाढा भन्सार रहेको भन्ने आफुलाई बल्ल थाहा भएको बताए । एक किलोमिटर टाढा भन्सार रहेको जानकारी कारोबार दैनिकले गराउँदा वित्तिकै उनले भने, “त्यस्तो हो भने तस्कर नहोला भन्न सकिन्न । ” सीमापारिबाट आउने सवारीसाधनलाई भन्सार कार्यालय सम्म पु¥याउनै प¥यो प्रजिअ भुजेल भन्छन्, ‘सबै इमान्दार कहाँ हुन्छन र ?’ भन्सार नपुग्दै साना सवारीसाधन सहायक बाटोबाट भन्सार छल्न सक्नेमा उनले पनि आशंका व्यक्त गरे । सीमानाका कडाईको लागि आफुले छिट्टै सुरक्षाकर्मी संग समन्वय गर्ने बताए । तस्कर नियन्त्रणको लागि सुरक्षागस्ति बढाउने उनको दाबी छ ।
खुला सीमानाका कारण जिल्लाका दक्षिणी भेगका अधिकांश ठाउँबाट सर्वसाधारण नेपाल भारत आवातजावत गर्न सक्छन् । तर सीमानाका व्यवस्थित पार्न सम्बन्धित निकायले चासो दिएको पाइदैन ।
कृष्णनगर भन्सार कार्यालयको नियन्त्रणमा खुनुवा छोटी भन्सार कार्यालय र चाकडचौडा छोटी भन्सार रहेका छन् । यद्यपि जिल्लाको महत्वपूर्ण बजार महाराजगञ्जमा भन्सार कार्यालय नै छैन । यहाँबाट पनि दैनिक सयौ सर्वसाधारण भारत नेपाल आवात जावत गर्दैआइरहेका छन् । साथै भारतीय सीमावर्ती साविक हर्दौना गाविसबाट पनि तस्करहरुले करौडौ भन्सार छली अवैद्य सामाग्री नेपाल भित्राउने गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : २० बजे