१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

दिप ज्योति क्लवको कार्यालय उद्घाटन, १ लाख ५० हजार बढिको समाग्री सहयोग



चुरामणि अर्याल, कपिलवस्तु, २१ असोज ।
वाणगंगा–९पडरियामा रहेको दिप ज्योति यूवा क्लवले शनिवार आफ्नो कार्यालयको उद्घाटन गरेको छ । क्लवलाई ब्यवस्थित तरवले अगाडी बढाउन पडरियाको मुख्य चोकमा रहेको सागर घिमिरेको घरमा कार्यालय राखी उद्घाटन गरेको हो ।
कार्यक्रम क्लवका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, २०६२ साल देखि हाल सम्म प्रत्यक वर्ष देउसी भैलो कार्यक्रममा सवै भन्दा बढि रकम सहयोग गर्ने लक्ष्मुण खड्काको प्रमुख आतिथ्यता, समाजसेवि गिर बहादुर गुरुङ,लाल बहादुर खडका प्रेम बहादुर घिमिरे लगाएतको आतिथ्यता रहेको थियो । उद्घाटन लक्ष्मण खड्का र पवित्रा खड्काबाट गरिएको थियो ।
यसैविच कार्यालयमा चाहिने सम्पुर्ण समाग्रिहरु विभिन्न ब्यक्तित्वहरुबाट सहयोग स्वरुप प्राप्त भएको छ । बबिता काष्ठ तथा फर्निचर सप्लार्यसका प्रोप्राइटर बसन्त बहादुर के.सी. ले रु.५१ हजार बराबरको ल्यापटप सौजन्य गर्नु भएको छ ।
त्यस्तै अन्य सामाग्री सौजन्य गर्नेहरुमा लक्षुमण खड्का÷पवित्रा खड्काबाट रु. २० हजार बराबरको अफिस टेबल, जित बहादुर खड्काबाट रु.२० हजारको पिन्ट मिसिन,ओम काष्ठ तथा फर्निचर सप्लार्यसका प्रोप्राईटर कर्ण बहादुर कार्कीबाट रु.१५  हजारको १ सेट आईरन सोफा सौजन्य स्वरुप सहयोग गर्नु भएको छ ।
त्यस्तै प्रेम बहादुर घिमिरे,एक नारायण पौडेल, रेशम बहादुर ओली, गिर बहादुर बोहोरा, गोप बहादुर थापा, राजन पाण्डे, मधु पाण्डे, कुँवारी ओली, रुकमति ओली, खडक बहादुर कार्की लगाएतले विभिन्न सामाग्री सौजन्य गरी सहयोग गर्नुभएको क्लवका अध्यक्ष चुरामणि अर्यालले जानकारी दिनुभयो ।

सोही अबसरमा सहयोग गर्ने सबै दाताहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरीएको थियो । सम्मान ग्रहण संगै सुभकामना मन्तय राख्दै क्लवलाई सदैव सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रम क्लवका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, निसान खड्काको स्वागत तथा सचिव गिर बहादुर बोहोराको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा २ सय पचास बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : १९ बजे